विराटनगर । विराटनगरस्थित आरोहण गुरूकुल नाटकघरमा ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन भइरहेको छ । शुक्रबारदेखि नियमित रूपमा यो नाटक मन्चन भइरहेको छ ।

सोमबारसम्म मन्चन हुने नाटक हिमालबाट बग्ने नदीको जीवन यात्रालाई नाटकमा प्रस्तुत गरिएको छ । मानिसले गरिरहेको प्राकृतिको दोहन र त्यसले निम्त्याएको विपदलाई नाटकले व्यंग्यसमेत गरेको छ । पछिल्लो समय निरन्तर प्रकृतिको दोहन भइरहेको छ । हिमालको हिउँ निरन्तर पग्लिरहेको छ । जलवायु परिवर्तनलाई लिएर विश्वभर चिन्ता छ ।

अव्यवस्थित विकासले विपद् निम्त्याउँदै छ । न्यून आय भएकाहरूको बिचल्लीमा परिरहेका छन् । समाधान के हो ? विनासविना विकास सम्भव छैन ? यी यस्ता यावत प्रश्नहरूको उत्तर हो– नाटक ‘हिउँको पृथ्वी यात्रा’ मा रहेको छ । नाटकले प्राकृतिक विपद्ले निम्त्याएको विनाशसँगै राजनीतिक चलखेल, शक्तिको दुरूपयोग र समाजसेवाको नाममा गरिने सस्तो प्रचारबाजीलाई पनि व्यंग्य गरेको छ ।

काठमाण्डौंपछि अहिले देशभरीको विभिन्न सहरहरूमा मन्चन गरिने लेखक निर्देशक घिमिरे युवराजले जानकारी दिउ । नदी बग्दा यात्राका क्रममा भेटिने प्राणीसँगको कथालाई नाटकमा प्रस्तुत गरिएको छ । यो नाटकको लेखन तथा निर्देशन अमजद प्रवेज र घिमिरे युवराजको हो ।
नाटकमा ज्योति पोखरेल, रविन परियार, पवित्रा खड्का, संगीता उराव, झकेन्द्र बिसी, गोविन्द्र ओली, हिमाल भुजेल, सुशीला लोहर तथा ज्याक बरालको अभिनय रहेको छ । संगीत भने स्मारिका फुयाँल र अनुप तिमल्सिनाले गरेका छन् ।