विराटनगर । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाका लागि नेकपा माओवादी केन्द्र पाँचथरले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभामा हर्क नेम्बाङ (मिक्सो)को एकल नाम सिफारिस भएको छ । समानुपातिकमा नरबहादुर दुलाल नाम सिफारिस भएको छ । प्रदेशसभामा निर्वाचन क्षेत्र (क) मा हर्क नेम्बाङ कै नाम सिफारिस भएको छ । नेम्बाङ नेकपा मओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हुन ।
प्रदेशसभामै सीता थेबे (प्रमीला) र लाल ब गुरुङको नाम सिफारिस गरिएको छ ।
प्रदेश सभा (ख )मा इन्द्रबहादुर आङबो र शंख ध्वज नेम्बाङको नाम सिफारिस गरिएको हो । आङबो बहालवाल आर्थीक मामलिा तथा योजना मन्त्री हुन् ।
प्रदेशसभा समानुपातिकमा जुनु लावती,होम ब जबेगु सूर्यमान, विशाल रसाइली,पेम्बा शेर्पा र र्मेदनी खत्रीको नाम सिफारिस गरिएको माओवादी केन्द्र पाँचथरले जनाएको छ ।

