विराटनगर । विराटनगरको सहिद मैदानमा सोमबार साझ हुने भनिएको मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको रात्रिकालिन फाइनल खेल स्थगित भएको छ ।

केही दिन यतादेखि लगातार परेको बर्षाले खेलमैदान जलमग्न र प्राविधिक कारण देखाउँदै आयोजकले फाइनल खेल अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको हो ।

फाईनल खेलमा मोरङको जहदा भेट्रान र आयोजक विराट भेट्रान क्लब फाईनलमा प्रवेश गरेको छ ।