विराटनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट टुङ्याउन गठबन्धनको कार्यदलको बैठक आज (सोमवार) बस्दै छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट टुङ्याउन सकस परिरहेका बेला गठबन्धनको कार्यदलको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे बस्ने तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको थियो ।