विराटनगर । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका–९ को थोप्लेविरान सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणमा परीबुद्धशान्ति गाउँपालिका–५ की ३४ वर्षीया सम्झना श्रेष्ठको ज्यान गएको हो
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ वन भित्रको सडकमा मे७ प २०४६ नम्बरको स्कुटीमा जाँदै गरेको अवस्थामा जङ्गलबाट आएको हात्तीले आक्रमण गर्दा श्रेष्ठगम्भीर घाइते भएका थिए ।
घाइते बनेकी श्रेष्ठको आम्दा अस्पताल उपचारको क्रममा निधन भएको ल्ला प्रहरी कार्यालय झापाका डिएसपी सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए ।

