अब नयाँ प्रदेशसभाले नाम टुंग्याउँछ : प्रदेश १ सरकार

विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ काे नामाकरण टुंगिन नसक्नुमा सबै दलकाे कमजाेरी रहेकाे बताएकाे छ । ५ वर्षे कार्यकालकाे प्रदेशसभाकाे अन्तिम बैठकलाई सम्बाेधन गर्दै सरकारले यस्ताे बताएकाे हाे ।

सरकारकाे तर्फबाट आर्थिक मामिला तथा याेजनामन्त्री ईन्द्रबहादुर आङ्बाेले नामाकरणकाे विषय अब नयाँ संसदमा गएकाे बताए । अहिलेकाे अवस्थामा कुनै पनि दलहरूले तिताेमिठाे जसअपजस लिन नखाेजेकाेले नामकाे टुंगाे नलागेकाे उनले बताए ।

उनले दुई दलले जोखिम लिन नसक्सदा नामकरण हुन नसकेको बताए । दुवै दलले आ–आफ्नो अडान कायम गरेको कारणले नामकरण हुन नसकेको उनले बताए ।

शुक्रबार, १७ भदौ, २०७९, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर