विराटनगर । १ नम्बर प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक शुक्रवार बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।

मन्त्रिपरिषदको भदौ १२ गते बसेको बैठकले संसद अन्त्य गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुखको कार्यालयलाई बिहीवार मात्रै पत्र पठाइएको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले बताए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संसदमा पठाएको पत्र सभामुखले पढेर सुनाएपछि बैठक सकिने छ ।

शुक्रवार मध्यराति १२ बजेपछि प्रदेश सभाको पहिलो कार्यकालको बैठक अन्त्य हुनेछ ।