विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा गैर सरकारी संस्था महासङ्घ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् ।
विराटनगर १२ घर भएका ५० वर्षीय ढकालले सोही ठाउँका १३ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा मोरङ प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो ।
ढकालले ती बालकलाई पटक – पटक अप्राकृतिक मैथुन गरेको आरोप छ । ६ महिना अगाडी र १३ भदौमा घरमा कोही नभएको मौका छोपी ढकालले ती बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ ।
उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’
प्रहरीले बिहीबार ढकाललाई मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । ढकाल एजुकेसन हेल्पलाइनका अध्यक्षसमेत हुन्।

