मणि दाहाल
‘बाँदरलाई लिस्नो’ यो हाम्रो प्राचिन आख्यान हो । तर, यो अख्यान आजको राजनीतिसँग मिल्दोजुल्दो पनि छ । नेपालको वर्गीय मुक्ति आन्दोलनमा वाम शक्तिहरुको भूमिका महत्वपूर्ण छ । तर वाम नेताहरुमा हावी व्यतिmवादी अवसरवादले भने आन्दोलनलाई क्षति पु¥याउदै श्रमजीवि जनताका सपनाहरु अधुरा रहदै आएका छन् । कम्यूनिष्ट आवरणमा आचरण, विधि,पद्दति र स्थापित मान्यतालाई कुल्चनु सामान्य बनेको छ । रायमाझी पथदेखि ओली पथसम्मको वाम आन्दोलनभित्र कुनै न कुनै नकावमा अपराधको सञ्जाल खडा भएर त्यसले आन्दोलनलाई क्षतविक्षत बनाएको छ । जनवादको रामनामीभित्र धनवाद र डनवादलाई मार्गदर्शक सिद्धान्त बनाउनु सामान्य भएको छ । परिवारवादले वाम राजनीति नै बदनाम हुने खतरा पनि उतिकै छ ।
विगतमा बाँदर प्रवृत्तिको नेतृत्व रायमाझीले गरे । केपी ओली आजको वाम आन्दोलनभित्र सोही अवतारमा देखापरेका छन् । आजको एमाले वास्तविक एमाले नभएर र ओलीपन्थी प्रालि हो । उसभित्र वाम आन्दोलनका धमिरा मात्र छन् ।अपराधको संजाल मात्र छ । भ्रष्टचारको सिन्डिकेट मात्र छ । त्यहाँ भएका सीमित इमान्दारहरु टाउको उठाउन सक्ने अवस्थामै छैनन् । सो प्रालिमा २०७१ सालदेखि नै सच्चा कम्यूनिष्ट र निष्ठावानहरु अटाउने संभावना नै थिएन । आज त हुने कुरै भएन । यति भएर पनि उक्त प्रालिमा रहनुहुने इमान्दारहरु कुन बाध्यताको बन्धक भएर अडिनु भएको छ ? त्यो चाहिँ बुझिनसक्नु रहस्य देखिन्छ ।
वर्तमान एमाले किन वामपन्थी हैन ? ओलीपन्थी प्रालि किन हो त ? यस बारेमा केही चर्चा गरांै । एमालेको सिद्धान्त भन्नु नै सूर्य हो । अनि सही पनि एमाले मैपनि एमाले भन्ने सडक नाटक उसको कार्यनीति हो । जबज भजनमा मदन भण्डारी फाउण्डेसन मार्फत्कोे लुटतन्त्र उसको रण्नीति हो । तहगत संरचनाहरुमा आसिन अधिकांशलाई अराजनीतिकतवरमा दिक्षित गर्नु उसको लक्ष्य हो । नीतिगत प्रहारलाई नीतिगत बहसमै परास्त गर्न नसकी व्यक्तिको चरित्र हत्यामा लाग्नु उसको आदर्श हो । विचारशून्य दासहरुको जमात मार्फत्को संगठन कब्जा उसको कार्यभार हो । ओठे भक्तहरु मार्फत् अरुलाई विधि र पद्दत्तिको दुहाइ दिनु तर आफू कहिल्यै विधिमा नचल्नु उसको मूल मन्त्र हो । विधान देखाउने दाँत मात्र हो । ओली कम्पनीको आदेश निर्णय पद्दत्ति हो । ‘बा’ को भजन र हनुमान चालीसा सैंद्धान्तिक निष्ठा हो । अनि एमाले प्रालि नभएर केहो त ? जहाँ वाम आचरण नै छैन ।
एमालेमा रहनु हुने मित्रहरुले त्यहाँ टाँसिएर उर्जावान समय खेर फाल्नु व्यर्थ छ । किनकि त्यहाँ सामुहिकता भन्ने शब्द नै छैन । पार्टीमा नोकरशाही पुँजीवादको बोलवाला छ । अन्तरजीवनभित्रै पथभ्रष्टता हाबी छ । मतिभ्रष्टहरुले इमान्दारलाई नेतृत्व गरेका छन् । व्यक्तिवादी अवशरवादको चरमता छ । आन्तरिक जनवादलाई तहसनहस अवस्थामा छ । संगठनमा ‘बा’ पथले दिक्षित छ । दासवादी मानसिकताको व्यापकता छ । राष्ट्रिय अपराधीहरु नीति निर्माता तहमा हाबी छन् । देशलाई कंगाल पार्नु उनीहरुको दैनिकी जस्तौ छ । ओम्नी, यती र बालुवाटारलगायतका अनेकौं काण्डका जनकहरु पदाधिकारीमा आसिन छन् । यो बिकराल अवस्थाले एमाले जेलिएको अवस्थामा उसलाई वामपन्थी कुन अर्थमा मान्ने ?
विगतदेखि नै जनता करदाता र मतदातामा मात्र सीमित हुँदै आएछन् । उनीहरुले संवृद्धिको बतासे सपनामा बाँच्नु परिरहेको छ । सुशासनको नाममा अपमान र पथभ्रष्टताको नग्न नृत्य सामान्य भएको छ । राज्य भएको अनुभूूूूूति पाउन सकिएको छैन । जनताले बारम्बार विश्वास गर्ने तर बदलामा धोका मात्र पाउने श्रृङ्खला पनि जस्ताको तस्तै छ । यो बिडम्बनापूर्ण अवस्थामा ओलीले तीन वर्षसम्म दुईतिहाई बहुमतको ससरकारको नेतृत्व गरे । तर, समाजवादी आचरणभित्र पर्ने एउटा सिन्कोसम्म भाँच्न सकेनन् । बरु आफू मातहतका मन्त्री र आसेपोलाई लुटको लाइसेन्स दिए । पार्टीमा वाम आचरणविहीन लुटेराहरुको जमात खडा गरे । देशलाई लुटेराहरुको स्वर्ग बनाए । यस्तो अवस्थामा बौद्धिक जगतले ओली नेतृत्वको एमालेलाई कसरी वामपन्थीको रुपमा पिछा गर्ला ? नीतिगत रुपमा नसुध्रिएसम्म र ओलीले नेतृत्व गर्दासम्म एमालेलाई अवसरवादी लम्पटहरुले मात्र वामपन्थी मान्छन् ।
समकालीन राजनीतिमा केपी व्यक्ति नभएर भष्मासुर प्रवृत्ति हो । यो प्रवृति खतरनाक भएर देखापर्दै छ । यो प्रवृत्तिको छिटा पुनः गठित नेकपा एसमा पनि सरुवा भएर आएको छ । केन्द्रीयताको नाममा नेतृत्वको स्वेछचारितालाई धोइपखाली गर्न सकिएको छैन । पूर्खाको ब्याज पूर्वाधारविहीन छोराछोरीले प्रवृत्तिगत रोग यदाकदा देखिन्छ । शीर्ष नेताको नजर नपर्नेहरुको बिजोग हुने अवस्थाले पनि शीर उठाउँदै छ । हैशियतविहीन कार्यकर्तालाई महत्वाकांक्षा बढाउने काममा नेतृत्वकै भूमिका अहम् देखिन्छ । यो ओली प्रवृत्ति हो । यसलाई कठोरताको साथमा निर्मूल गर्न सक्नुपर्दछ । अन्यथा हामीले पुनः गठनको औचित्य पुष्टि गर्न सक्दैनौं । साथै हामी विधिमा चलेनौ भने अरुलाई औँला उठाउने अधिकार हामीलाई हुने छैन ।
संकिर्णतावाद वाम आन्दोलनको आमसमस्या हो । सक्षमलाई अवसर दिादा माइनस परिएला भन्ने पश्चगामी सोच विगतदेखिकै हो । शक्तिको ताली र सम्मानको मालाको भारी यो पनि पुरानै रोग हो । शक्तिको वरिपरी झुम्मिने एस म्यानको झुण्ड र तिनको बोलवाला पनि गाँजिएकै छ । म नै सबै हँु भन्ने सामन्ती आँखाहरु प्नि जीवित छन् । अराजनीतिक सेल्फी भीडमा मख्ख पर्ने पनि रोगकै रुपमा विकास हुँदैछ । एमालेलाई यस्तै रोगहरुले प्रालिमा रुपान्तरण गर्यो। नेकपा एसलाई प्रालि बन्ने छुट छैन ।