विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मोरङ क्षेत्र नम्बर ३ बाट अभिनेत्री रेखा थापालाई उम्मेदवार बनाउने भएको छ ।
उनको घर मोरङ क्षेत्र नम्बर ¬ ३ अन्तर्गत सुन्दरहरैचा नगरपालिकाको सलकपुरमा पर्छ । नेत्री थापाले चुनावी अभियान समेत शुरू गरीसकेकि छिन ।
मंगलवार मोरङको कानेपोखरीमा आयोजित सभामा बोल्दै थापाले चुनावी अभियानमा होमिन कार्यकर्तालाई आह्वान गरिन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ थापाको नाम सिफारिश भएको राप्रपा बेलबारीका अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिएका छन् ।
कार्कीका अनुसार थापाको नाम प्रत्यक्षतर्फ सिफारिश भएको हो । थापासँगै प्रतिनिधि सभामा अम्बिकाप्रसाद अधिकारीको पनि नाम सिफारिश भएको छ ।
नेकपा एमालेबाट यस क्षेत्रमा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र सत्ता गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा उम्मेदवार बन्ने सम्भावना छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरपालिका पर्दछन् ।
प्रदेशसभातर्फ मोरङ ३ (क) मा हरेन्द्रमान खत्री र (ख)मा परशुराम सुवेदी, गोविन्द नेपाल र रमेश रिजालको नाम सिफारिश भएको छ ।
समानुपातिकतर्फ राप्रपाले नगेन्द्र कार्की र राजेन्द्रप्रसाद ढकालको नाम सिफारिश गरेको छ ।
एमालेसँग राप्रपाले गठबन्धन गरे अभिनेत्री थापा क्षेत्र नम्बर ६ बाट उठ्ने हल्ल समेत चल्न थालेको छ ।

