विराटनगर । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनीत गरेको छ ।
संसदीय दलको विधान (शोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१० बमोजिम सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनयन गरेका हुन ।

