धनकुटा । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश नं. १ का इञ्चार्ज रकम चेम्जोङले गठबन्धनको तर्फबाट जसपाले धनकुटामा टिकट पाउनुपर्ने दावी गरेका छन् ।

प्रेस मञ्च नेपाल धनकुटाले आइबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमन्त्री चेम्जोङले संघीय संसदको उम्मेदवारीको लागि जसपाको धनकुटामा बलियो दावी रहेको बताए ।

पाँच दलीय गठबन्धनले धनकुटाको हकमा सर्वसम्मत निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले जसपाको दाबेदारी रहेको बताए । सत्तारुढ गठवन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको कार्यदलका सदस्यसमेत रहेका उनले तोकिएको समयभित्र कार्यदलले सीट बाँडफाँडको काम टुंगो लगाउने दावी गरे ।

कार्यदलको म्याद भदौ १५ गतेसम्मको लागि रहेकोले त्यहि अबधिभित्र काम सक्नेगरि छलफल भइरहेको चेम्जोङले जानकारी दिएका छन् ।