विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगर कमिटीले आयोजना गरेको सामुहिक लोकनृत्य प्रतियोगितामा एभरेष्ट स्कुल प्रथम भएको छ ।
प्रतियोगिता अन्तर्गतका आधारभूत तह (कक्षा १–८) का र माध्यामिक तह (कक्षा ६– १२) का विद्यार्थीबीचको प्रतिस्पर्धा दुबैमा एभरेष्ट प्रथम भएको हो । प्राथमिक तहका १२ विद्यालय सहभागी आधारभूत तहको नृत्य र १४ विद्यालय सहभागी माध्यामिक तहको लोक नृत्य प्रतियोगिता दुबैमा एभरेष्ट प्रथम भएको हो ।
आरोहण गृुरुकुलमा आयोजित महानगरस्तरीय प्रतियोगितामा सामुहिक लोकनृत्यमा एभरेष्ट स्कुल प्रथम, पोलस्टार स्कुल, सुम्निमा स्कुल र बुढानिलकण्ठ स्कुल उत्कृष्ट चारमा छनौट भएका छन् । यस्तै माध्यामिक तहको सामुहिक लोकनृत्यमा एभरेष्ट स्कुल प्रथम भइरहँदा प्यारागन स्कुल, ग्रेडेड स्कुल, पोल स्टार स्कुल र सिद्धार्थ स्कुल छानिएका छन् ।विराटनगर प्याब्सनले लिएको अडिसनबाट उत्ष्कृष्ट भएका स्कुलले प्याब्सन मारङले आयोजना गरेको जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् ।
विराटनगर प्याब्सनका सचिव अशोक लामा अनुसार प्याब्सन जिल्लाले आयोजना गरेको अंगे्रजी हिज्जे र सामूहिक लोकनृत्य प्रतियोगिता अन्तर्गत विराटनगर महानगर स्तरीय छनौट प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सम्पन्न ब्रिटिस आधारित अंग्रेजी हिज्जे प्रतियोगितामा सेन्ट जोसेफ स्कुल, डिपिएस स्कुल, मदरल्याण्ड स्कुल, ग्रिनल्याण्ड स्कुल, एभरेष्ट स्कुल, बिकेभिएम स्कुल र गौतमबुद्ध स्कुल छनौट भएका छन् ।
प्रतियोगिताको भदौ १५ र १६ गते फाइनल प्रतियोगिता हुने प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बाले बताइन् । उनका अनुसार जिल्लाका सबै पालिकाबाट सहभागी भएका विद्यालयमध्ये उत्कृष्ट एक तिहाईले जिल्लास्तरीय प्रतियोगितामा भाग लिनेछन् ।
हिज्जे प्रतियोगितामा प्याब्सन मोरङका सचिव अशोक लामा र सामूहिक लोकनृत्य अर्जुन श्रष्ठको संयोजकत्वमा सम्पन्न भएको हो ।

