केराबारी । केराबारी गाउँपालिका –८ शान्तिटोलकी एक महिला ९ वर्षीय छोरीसहित बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा २८ वर्षीय रिता चापागाईं फुयाल छिन् । उनी गत साउन ३ गते दिउँसो केराबारीस्थित साप्ताहिक बजारमा किनमेल गर्न भन्दै आफ्नी ९ वर्षकी छोरीलाई लिएर घरबाट हिडेकि थिईन ।

सोही दिन दिउँसो ३ बजेदेखि आमाछोरी नै बेपत्ता भएका हुन् । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा उनका श्रीमान् सूर्यप्रसाद फुयाँलले निवेदन दिएका छन् । साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि आफ्नी श्रीमती ओर्लिएको जानकारी धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले दिएको सूर्यप्रसादको भनाइ छ ।

लामो समय विदेशका काम गरेर फुयाल ६ महिना अगाडि स्वदेश फर्किएका थिए । घरमा सामान्य झैझगडा हुने गरेको स्वीकार गर्दै उनले त्यही कारणले घर छोडेको हुनसक्ने बताए । यद्यपि आफन्त र नातागोता कसैसँग पनि उनी कहाँ छिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन उनले अपिल गरेका छन् ।