विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ । यस्तै प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस भएको पार्टीले जनाएको छ।
जिल्लाको प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ सातजनाको नाम सिफारिस भएको छ। वीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल र तेजबहादुर राईको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारीस गरेको नकपा एकीकृत समाजवादीले जनाएको छ । समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस गरेको छ ।
प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ आठजनाको नाम सिफारीस गरेको छ । बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री र शम्भु घिमिरे गरी आठजनाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ। समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गरेको समाजवादीले जनाएको छ।

