मणि दाहाल
अराजनीतिक प्रचार अहिलेको मूल समस्या हो । तथ्यविहीन मिडिया समाचार र त्यसका आधारमा धारणा बनाउने कुरा हिजोआज सामान्य जस्तै देखिन्छ । च्याउसरी विकसित युटुवे प्रतिस्पर्धाले सही सूचना पाउनै मुश्किल छ । यो प्रवृत्ति समाज विकासको चरणकै बाधक तत्वको रुपमा विकसित हुँदैछ । यो अत्यन्तै खतरनाक छ । यसले हाम्रो चेतनास्तरलाई कमजोर बनाएको छ । परिणामस्वरुप आर्थिक तथा सामाजिक पछौटेपनको सामना र भूलभूलैयाको राजनीतिक परिवेशमा बाँच्न हामी बाध्य छौँ ।
यतिखेर राजनीतिक दलहरु अस्थिरतामा गुज्रिएका छन् । विभाजन र विद्रोहले आमूल परिबर्तनकारी शतिmहरुलाई कमजोर बनाएको छ । यथास्थितिवाद र विसर्जनवाद मजबुत हुँदैछ । दुई तिहाई जनमतको बामपन्थी आन्दोलनलाई भष्मासुरको अवतारमा केपी ओलीले समाप्त पारे । बहुदलीय जनवाद लुटिखाने भाँडोमा परिणत भइरहेको छ । मदन भण्डारी फाउण्डेशन लुटको केन्द्र बनिरहेको छ । यति हुँदा पनि देखावटी रुपमा एमाले अझै कम्युनिष्टको आवरणमा जनता झुक्याउन व्यस्त छ । तर, व्यवहारमा भने ऊ घोर दक्षिणपन्थी यथास्थितिवादी शतिmमा रुपान्तरित भइसकेको छ । रुपान्तरणबिना एमालेबाट आमूल परिवर्तनको कल्पना गर्न सकिने अवस्था छैन ।
२०७५ साल जेष्ठ २ गते नेकपा माआवादी र एमालेबीचको एकता नीतिगत एकता थिएन । केपी ओली र पुष्पकलम दाहालबीचको स्वार्थपरक उधारो तमसुक मात्र थियो । नीतिगत धरातलविहीन गणितीय एकताले सत्तारोहणको महत्वकाँक्षा मात्र पूरा ग¥यो । जनताको आशालाई परिणाम बदल्न सकेन । त्यसले केन्द्रीयतालाई स्वेच्छचारी अनि जनवादलाई कमजोर बनायो । लेनिनवादी सांगठनिक ढाँचालाई तहसनहस पा¥यो । भद्दा संगठानिक ढाँचाले अराजकता र अवसरवादलाई प्रोत्साहित ग¥यो । परिवारवाद र शीर्सस्थको घेराबन्दी नेकपाको विशेषता बन्यो ।
केपी ओलि अत्यन्तै छट्टु तथा षडयन्त्रका माहिर खेलाडी हुन् । उनले नेकपाभित्रको उल्लेखित विषमताभित्र खेल्ने अवसर पाए । माधव नेपाललाई साइजमा ल्याउन प्रचण्डसँग गला मिलाए । जब उनी र प्रचण्डबीचको तमसुकलाई ‘क्यास’ गर्ने समय आयो केपीले बादल प्रवृत्तिसँगग गठजोड गरे । सोही गठजोडमा टेकेर उनले पार्टीका तहगत संरचनामा अपराधको झुण्ड र अवसरवादीको भजने जमात तयार पारे । अन्ततः त्यही जमातको सहारामा उनी हिटलर बने । तमसुक काम लागेन । बरु अदालती ‘कू’ मार्फत नेकपाको विभाजन भयो ।
एमालेको वैचारिक विचलनविरुद्धमा उठेको विद्रोहको ज्वाला नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा रुपान्तरण भएको एक वर्ष भएको छ । छोटै अवधिमा विगतको स्थानीय तह निर्वाचनमा उसले चौथो शतिmको रुपमा आफूलाई उभ्याएको छ । यसलाई उपलब्धिको रुपमा लिनुपर्छ । कम्युनिष्ट आन्दोलनमा देखा पर्ने वैचारिक विचलन र समय सन्दर्भका विद्रोहहरुले रास्ट्रिय राजनीतिको निर्णायक शक्ति स्थापित गरेको इतिहासलाई मध्यनजर गर्ने हो भने निराश हुनु पर्ने अवस्था छैन । तर, अब नेकपा एसले एमालेलाई मात्र गाली गरेर सुख पाउँदैन । ओली प्रवृत्तिको भण्डाफोर गर्दै उसले आफूलाई नीतिगत रुपमै अब्बल दर्जाको कम्युनिष्ट पार्टीमा स्थापित गर्न सक्नुपर्छ ।
वाम एकता राष्ट्रिय आवश्यकता हो । ओली गुटको एमाले वामपन्थी आचरणबाटै विमुख छ । व्यवहारिक रुपमै दलाल नोकरशाही पुँजीवादको चाकरी उसको विशेषता बनेको छ । यस्तो अवस्थामा नीतिगत रुपमा उसमा सुधार नआएसम्म तत्काल ओली गुटसँग एकता संभव छैन । नीतिगत रुपमा नेकपा माओवादीसँग एकताका आधार बन्न सक्छन् । तर, व्यवहारिक रुपमा माओवादीमा हावी व्यक्तिवादी अवसरवाद र परिवारवाद खतरनाक रुपमा देखा पर्दैछ । नीति ठीक, शीर्षस्थ ठीक कार्यकर्ता ठीक तर अवसरवादी बिचौलिया बेठीकको अवस्थाले गर्दा माओवादीको राजनीतिक इमान्दारितामा प्रश्न खडा भएको छ ।
स्थानीय तहको निर्वाचनमा माओवादी मित्रहरुको द्धैध चरित्रलाई कुनै पनि हालतमा ठीक भन्न सकिँदैन । माथिकाले गठबन्धनमा सही गर्ने तर तलका विचौलियाले गठबन्धनका उम्मेद्वारको विरुद्धमा बागी विद्रोही खडा गर्ने र कार्यकर्तालाई मत माग्न पठाउने कुरा राजनीतिक बेइमानी भन्दा केही हुनै सक्दैन । काँग्रेसभित्रको अनुशासनहीनता, लैगिक उदण्डता र माओवादी मित्रहरुको राजनीतिक बेइमानीको कारण विराटनगर महानगरमा गठबन्धनले खडा गरेको उपमेयरले पराजयको सामना गर्नुप¥यो । यति हुँदाहुँदै पनि माओवादी आमूल परिवर्तनको पक्षमा उभिएको वाम शतिm हो । त्यसकारण माओवादीभित्रको उल्लेखित समस्याको हल गर्दै माओवादी लगायत अन्य वामसहितको नीतिगत एकतामा नेकपा एसको भूमिका महत्वपूर्ण हुनुपर्छ । यसमा ढिलाई गर्नु हुँदैन ।
अबको कार्यभार समृद्धि र समाजवाद हो । केपी गुटको एमालेबाट समृद्धि सुशासन र समाजवाद कुनै संभव छैन । भ्रष्ट, तस्कर, डन र माफियासँगको आलिंगन ओली गुटको समाजवाद हो । उसले चाहेर पनि सर्वहारा श्रमजीवि तथा मिहेनतकस जनताको पक्षमा उभिन सक्दैन । त्यसकारण नेकपा समाजवादीले समृद्धि , सुशासन र समाजवादको विश्वासयोग्य खाका जनसमक्ष प्रस्तुत गर्न सक्नुपर्दछ ।
अहिले राष्ट्रिय पुँजीपति वर्ग कमजोर अवस्थामा छ । नोकरशाही पुँजीवादले उत्पादन प्रणालीलाई ध्वस्त बनाएर रोजगारीका अवसर खोसेको छ । खोरिया बाँझै छन् । खाडी र कोरिया रोजगारीको गन्तव्य बनिरहेको छ । यस्तो अवस्थामा हाम्रा खोरियालाई कोरियाको आकर्षण दिने मूर्त कार्य योजनाको जरुरत छ । समाजवाद उन्मुख कार्यक्रममार्फत समृद्धिको मार्ग पहिचान जरुरी छ । समाजवादी यात्रामा सहमत पक्षहरुबीचको हातेमालो जरुरत छ । वाम शतिmहरु मात्र समाजवादका आधारस्तम्भहरु हुन् । माओवादी लगायतका वामशक्तिहरु बीचको एकता बिना समाजवादी गन्तव्यमा पुग्न सकिँदैन । त्यसकारण नेकपा एस समाजवादको वाहक शतिmको रुपमा प्रस्तुत हुनुपर्दछ ।
हाम्रो शासकीय स्वरुपले समाजवादमा पुग्नै दिँदैन । यसले पुँजीवादका राम्रा पक्षलाई पनि जगेर्ना गर्दैन । संघीयताको संरचना भद्दा छ । निर्वाचन प्रणाली भ्रष्टचारी मात्रै जित्ने किसिमको छ । त्यसकारण नेकपा समाजवादी वर्तमान संविधान संसोधनको पक्षमा उभिनैपर्छ । प्रत्यक्ष्य निर्वाचित प्रधानमन्त्री, राजनीतिज्ञहरु सम्मिलित गैर संसदीय मन्त्री परिषद , पूर्ण समानुपातिक निर्वाचन प्रणाली , दुई तहको सरकार र वर्गीय आरक्षण्को पक्षमा नेकपा एसले आफूलाई उभ्याउन सक्नुपर्छ । यति गर्ने हो भने उसलाई वाम आन्दोलनको मूल प्रवाह बनाउनबाट कसैले रोक्न सक्नेछैन ।