विराटनगर । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको ज्यान गएको छ।
ज्यान जानेमा लोक बहादुर भुजेलकी तीन वर्षीया छोरी सौगात रहेकी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको ज्यान गएको हो।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

