विराटनगर । प्रदेश १ का माछा पालक किसानहरूको भेलाले प्रादेशिक मत्स्यपालन किसान सङ्घ गठन गरेको छ ।
शनिवार इटहरीमा भएको भेलाले विष्णु प्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्य मत्स्यपालन किसान सङ्घ गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मोहन सिवाकोटी, उपाध्यक्षमा राम पौडेल, सचिवमा पुष्प अधिकारी, सहसचिवमा मोहन राजबशिं र कोषाध्यक्षमा दुर्गा कार्की रहेका छन् ।
प्रदेश १ का कृषि मन्त्री झलक सिंह दर्लामी को प्रमुख आतिथ्ययतामा किसान सङ्घ गठन गरिएको हो ।

