विराटनगर । मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार २२५ जनाले नाम दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नाम दर्ता गराउनेमा पुरुष १३ हजार ८३९ र महिला १३ हजार ३८६ छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष ३ लाख ६३ हजार ४४८, महिला ३ लाख ५१ हजार ७६९ र अन्य ६ अन्य गरी ७ लाख १५ हजार २२३ मतदाता जिल्लामा थिए । कार्यालयका प्रमुख लवनकस्यप अधिकारीले मोरङमा ५ मतदानस्थल थप र ७ मतदान स्थल सार्न केन्द्रमा पत्राचार गरिएको छ ।

गत स्थानीय निर्वाचनमा जिल्लाको १७ पालिकामा ३ सय मतदानस्थलमा ८२० मतदान केन्द्र थियो । यसैबीच स्थानीय पालिका निर्वाचनमा उम्मेदवार भएकामध्ये मोरङमा ४६२ ले निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार ४ हजार ३४६ मध्ये ११ प्रतिशतले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् ।स्थानीय निर्वाचनमा उम्मेदवार भएका ४७ प्रतिशतले खसेको सदर मतको १० प्रतिशत पनि ल्याउन सकेका थिएनन् ।