पथरी । मोरङको कानेपोखरी गाउँपालिकाको आयोजनामा ऐतिहासिक कानेपोखरीको सरसफाई भएको छ ।
मंगलबार गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेसमेतको उपस्थितिमा सरसफाई गरिएको हो ।
वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, ५ नम्बर वडाका वडा अध्यक्ष चरण गुरुङ, ७ नम्बर वडा का वडाध्यक्ष मोहनप्रसाद अधिकारी, आईटिएफ तेक्वाण्डो डोजाङ जिल्ला अध्यक्ष युवराज भुजेललगायतको उपस्थिति सो अवसरमा थियो ।
त्यसैगरी प्रहरी चौकी कानेपोखरी, कार्यपालिका सदस्य, वडासदस्य, सामुदायिक वन समितिका सदस्यहरु उपस्थित रहेका थिए ।उपस्थित सबैले पोखरी वरिपरी रहेको फोहोर मैला, झारपात निकालेका थिए भने पोखरी पस्ने गेटको उत्तरदक्षिणमा रहेको झाडी सफा गरेका थिए । गिटी र बालुवा सम्याउने काम र पर्यटकले फालेको पानीको बोतल, प्लाष्टिक लगाएत भेला पारी फोहोर फाल्ने ठाउँमा फालेका थिए ।

