विराटनगर । विराटनगर ९ मा रहेको एम्स कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । त्रिभुवन विश्व विद्यालयले हालै प्रकाशित गरेको बि.एच.एम संकायकोे विभिन्न सेमेस्टरको नतिजामा तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् ।
एम्सकी विद्यार्थी प्रेक्षा पौडेल वि।एच।एम दोस्रो सेमेस्टरको नतिजामा ३।९५ जी।पी।ए।ल्याएर बोर्ड चौथो भइन् । यस्तै ममता राईले ३.८२ जी.पी.ए.ल्याएर प्रथम सेमेस्टरको नतिजामा प्रदेश तेस्रो भइन् । ईश्वर चौंलागाईले ३.८३ जी.पी.ए.ल्याएर चौथो सेमेस्टरको नतिजामा प्रदेश प्रथम हासिल गरेको कलेजले जनाएको छ । उत्कृष्ट नतिजा ल्याउने चौंलागाई र पौडेललाई कलेजले मङ्गलवार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
यसरी प्रदेश तथा बोर्डमा आफ्नो नामको गरिमालाई उच्च राख्न सफल विद्यार्थीहरूलाई नगद पुरस्कारसहित कलेजले सम्मान गरेको हो । कार्यक्रममा उपस्थित भएका अभिभावकहरूले कलेज तथा विद्यार्थीले गरेको मेहनतको उच्च कदर गर्दै र राम्रो कलेजमा आफ्ना बच्चा पढाउन पाएकोमा खुसी व्यक्त गरे । कलेजले अभिभावकलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा कलेजका अध्यक्ष तुलसी प्रसाद पोखरेलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कुनै कसर बाँकी नराख्ने र प्रदेशको नमुना कलेज बनाउन लागी पर्ने बताए । विद्यार्थीहरूको समुन्नत विकासका लागि कलेजले विद्यार्थी केन्द्रित भएर गरिखाने शिक्षा प्रदान गर्न लागि परेको कलेजका प्रबन्ध निर्देशक डा। दीक्षान्त पोखरेलले बताए । उनले उत्कृष्ट नतिजा ल्याएर आफ्नो र कलेजको गरिमालाई उच्च राख्ने मेधावी विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना दिए ।
एम्स कलेजको आफ्ना विद्यार्थीहरू प्रतिको लगाव, शिक्षक र विद्यार्थीको कडा मेहनतका कारण प्रत्येक सेमेस्टरमा उत्कृष्ट नतिजा आएको क्याम्पस प्रमुख सी।एम। बस्नेतले बताए । ‘एम्स कलेज विद्यार्थीको अध्ययन पुरा गर्ने थलो मात्र नभएर जीवन सिकाई गर्ने उर्वर स्थल पनि हो,’ उनले भने ।
यस अघि पनि एम्स कै विद्यार्थी प्रदेश प्रथम गर्नुका साथै विश्वविद्यालयले लिएको परीक्षामा सत प्रतिशत विद्यार्थी उत्तीर्ण गर्दै आएको थियो ।

