विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् ।

धरानमा कोशी नदीबाट पानी पुर्‍याउनका निम्ति संघीय सरकारसँग बजेटका लागि आह्वान गर्न काठमाडौं आएका हर्कले मंगलवा् प्रचण्ड र अर्थमन्त्री शर्मासँग भेट गरेका हुन् ।

भेटमा प्रचण्डले धरानमा भइरहेको कार्यको प्रशंसा गरेका छन् भने अर्थमन्त्री शर्माले धरानमा जनपरिचालनबाट भइरहेको कार्य उदाहरणीय भएको बताए ।

मेयर साम्पाङले उनीहरुसँग धरानका विकासका लागि सरकार र मन्त्रीहरुले सहयोग गर्नुपर्ने माग राखेका थिए ।

मेयर साम्पाङ र प्रचण्डबीच धरानका उपमेयर आईन्द्रविक्रम बेघाको संयोजनमा भेट भएको बताइएको छ । बेघा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएका थिए । ।