विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा, प्रदेश नं. १ को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ लाई प्रमाणीकरण गरेका छन् ।
प्रदेश सरकार मातहतका, स्थानीय सरकार, संघसंस्थाका मानवीय जनशक्तिलाई तालिम दिएर दक्ष बनाउने उदेश्यले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७९’ को प्रस्ताव पारीत गरि प्रमाणीकरणको लागि प्रदेश प्रमुख समक्ष आएको थियो ।
यस प्रतिष्ठान स्टफ कलेजको स्वरूपमा झापा चन्द्रगढीको कलवलगढीमा केन्द्रीय कार्यालय रहने छ ।

