विराटनगर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको छ

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल भएको हो ।

स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए । बैठकमा नेपाली काँग्रेस लगायत दलहरूले राखेका आ–आफ्नो दाबी बारे सदस्यहरूले जानकारी दिएको पोखरेलको भनाई छ ।

कार्यदलका सदस्यहरूको कुरा सुनेपछि पार्टी अध्यक्ष प्रचण्डले काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका थिए ।