धनकुटा । भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ। १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो।
२०६९ सालमा खानेपानी, सरसफाइ तथा ढल निकास क्षेत्रीय कार्यालय धनकुटाले सुरु गरेको आयोजनाको काम संघीय संरचनापछि हाल प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले सञ्चालन गर्दै आएको थियो।
प्रदेश सरकार तथा स्थानीय बासिन्दाको लागत सहभागितामा तीन करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो। स्थानिय सिरिसे र सौरे खोलाबाट लिफ्ट गरी करिब डेढ किलोमिटरमाथि भेडेटारमा खानेपानी ल्याइएको हो।
लिफ्ट मार्फत ल्याइएको पानी डाँडामा एक एक लाख लिटरका तिन वटा ट्यांकीमा जम्मा गरी अन्य ५० हजार लिटरका दुई र १२ हजार लिटरका तीन वटा ट्यांकीमार्फत वितरण गर्ने गरी तयारी गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले जानकारी दिए।
आयोजना सम्पन्न नहुँदा भेडेटारमा दैनिक आउने दुई हजार पर्यटकलाई पाल्ने होटलमा हुने गरेको खानेपानी समस्या हटेर जाने साँगुरीगढी गाँउपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राइले बताए। यस्तै आयोजनामार्फत साँगुरीगढी गाँउपालिका ६ भेडेटारका १ ४७ घरधुरीले लाभान्वित हुने भएका छन्।

