विराटनगर । प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सरुवा भएका सचिव उद्धवप्रसाद रिजाल बिदाइ गरीएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका बैठक तथा प्रशासन महाशाखाका सचिव रिजालको यही श्रावण १२ गते सरुवा भएको थियो ।  अब उनि धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुने छन

बिदाइ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव विनोदप्रकाश सिंहले सचिव रिजाललाई मायाको चिनो प्रदान गरेका थिए ।  उक्त अवसरमा प्रमुख सचिव सिंहले छोटो समयको सङ्गतमा रिजाललाई कामप्रति लगाव भएको एक जुझारु कर्मचारीको रुपमा आफूले बुझेको अनुभव सुनाए।  बिदाइ हुने क्रममा सचिव रिजालले आफ्ना लागि बिदाइ कार्यक्रम कुनै नौलो नभएको उल्लेख गर्दै  अहिलेको बिदाइ २५ औं पटकको भएको बताए ।

सचिव रिजाल सहसचिवमा बढुवा भएपछि पहिलो पटक प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २०७८ माघ २७ गते हाजिर भएका थिए ।