विराटनगर । विराटनगर–९ मा अवस्थित एम्स कलेजले बिद्यार्थीहरुमाझ फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

बिबिएस, बिएचएम र बिएससि सिएस्। आइटी सङ्कायमा अध्ययनरत बिद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी थिए । विराटनगरको स्पोर्ट हबमा आयोजना गरिएको उक्त प्रतियोगितामा कलेजका प्रशासन फाटका अधिकारीहरूको समेत सहभागिता थियो ।

क्याम्पस प्रमुख सिएम बस्नेत, प्रबन्ध निर्देशक डा। दीक्षान्त पोखरेललगायत कलेजका संयोजकहरूको समेत खेलमा सहभागी थिए । निरन्तर पढाइबाट एक दिन छुट दिएर फुटसल आयोजना गरेको प्रबन्ध निर्देशक पोखरेलले बताए । ’खेलले विद्यार्थीलाई रिफ्रेश गराउनुका साथै स्वास्थ्य बनाउँछु ’ प्रमुख बस्नेतले बताए ।

फुटसलका विजयी टिम कलेजामा अध्ययनरत बिएचएम प्रथम सेमेस्टरका बिद्यार्थिहरु भए । विजयी टिमलाई कलेजले ट्रफी, सर्टिफिकेट र मेडलले सम्मान ग¥यो ।