विराटनगर । भारतबाट तस्करी भएर आएको अवैध सुर्ती प्रहरीले बरामद गरेको छ । विराटनगर १५ स्थित १ नम्बर ढाट छेउबाट शनिवार राती प्रहरीले १७ बोरा सुर्ती बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको सुर्ती ५ सय ९५ केजी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । बरामद गरेको सुर्तीको मूल्य २ लाख ८९ हजार रहेको छ ।
भारत बाट नेपाल तर्फ अवैध रूपमा बोरामा प्याक गरी भरिया प्रयोग गरी ल्याएको सुर्ती प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेको सुर्ती थप कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।