विराटनगर ।  शहरी विकास मन्त्री मेटमणि चौधरीले एमाले पार्टीलाई आगामी निर्वाचनमा ठेगान लगाउने बताएका छन । शनिवार नेकपा एकीकृत समाजवादी पार्टी धरानले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीको चुरिफुरी समाप्त हुने ठोकुवा गरेका छन्।

मन्त्री चौधरीले ओलीले दुई तिहाइको कम्युनिस्ट सरकार ढाल्ने, दुई पटकसम्म संसद् विघटन गर्ने र जनताले आन्दोलन गरेर प्राप्त गरेको गणतन्त्र समाप्त गर्न लाग्दा माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरि संविधान र गणतन्त्रको रक्षा गरेको बताए।

उनले ओली राष्ट्रघाती भएकाले जनताले आगामी निर्वाचनमा एमालेलाइ देशै भरी चुनाव हराएर धुलो चटाउने बताए। मन्त्री चौधरीले अबको निर्वाचनमा वर्तमान पाँच दलीय गठबन्धनसहित अर्को दल थपिएर छ दल मिलेर चुनाव लडने तयारी भैरहेको बताए। उनि शुक्रवार देखि प्रदेश १ का विभिन्न जिल्लाको कार्यक्रम भ्याइरहेका छन ।