विराटनगर । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मोरङको संयोजकमा त्रिलोचन गौतम सर्वसम्मत चयन भएका छन् ।
विराटनगरमा भएको एक भेलाले गौतम सर्वसम्मत चयन भएका हुन् ।
गौतमको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको छ । पार्टीले चाँडै अधिवेशन गरी नेपाल समाजवादी पार्टीलाई पूर्णता दिने संयोजक गौतमले बताए । समाजवादी पार्टी मोरङको संयोजक भएका गौतम सामाजिक व्यक्ति हुन् । उनी विराटनगरस्थित सगरमाथा स्कुलका प्रिन्सिपल पनि रहेका छन् ।

