सन्तोष आचार्य
पेशागत हिसाबले म एक कलेजमा अध्यापन गराउँछु । एक दिन शुक्रबार, आज चाहिं हाम्रा विद्यार्थीहरुले आफ्नो भविष्यको रेखाचित्र कसरी चित्रण गरेका छन् र भविष्यको सपना कसरी बुनेका रहेछन् भनेर प्रत्येकलाई पालैपालो उठाएर सोधें । एक जनाको उत्तर गम्भीर र नौलो लागेर म अडिएँ । उतर थियो, सर मलाइ नेपाल मै केहि गरौं जस्तो लागेको थियो, यहि माटोमा सेवा गरांै लागेको थियो । तर, बिहान बेलुका नै छोरा तैले १० जोड २ सकेपछि विदेश जानुपर्छ भनेर यहि मात्र कुरा हुन्छ । मैले वहाँहरुको इच्छाको लागि विदेश जानुपर्ने छ । मलाई नेपालमा नै आफ्नो परिचय र समाजमा नै केही गर्नुछ तर यो सपना मेरो पुग्ला जस्तो छैन । मैंले अभिभावकको लागि भए पनि विदेश जानु छ ।
हिजोआज समाजमा यी र यस्ता खालका पारिवारिक दबाबले पनि समाजका कर्णधार युवाहरु विक्षिप्त बनेका छन् । विदेशलाइ नै स्वर्ग ठानी देशमा भविष्य उज्वल हुन्छ भनेर सपना देखाउने अभिभावकहरु नै हिजोआज बाधक बन्दै गएका छन् । यस्ता निर्णयप्रति आफ्नै सकारात्मक र नकारात्मक सोच र अभिव्यक्तिका उपज हुन सक्छन् । कमसेकम, तपाईं हाम्रा नानीहरूलाइ संघर्ष जीवन कस्तो छ ? रु. १ को मूल्य कमाउन कति पापड बेल्नुपर्छ त्यो चाहिं स्वदेशमा सिकाउन जरुरी छ कि नाई ? सिधै, विदेशको नाममा खाल्डोमा हालिदिने । उठान गर्न खोजिएको बाध्यताले पलायन हुनुभन्दा पनि समाजको गलत रुडिवादी, मेरो छोरारछोरी त फलानो देशमा छ भनेर लगाउने फुइको गलत धारणाको विकास मौलाउदै गएकोप्रति खबरदारी हो । के विदेश पैसा फल्ने शहर हो र ,जहाँ तपाईं हाम्रा छोराछोरी कहिले आइदिन्छन् र टिपुन् भनेर फुलिरहेको छ ? के, तपार्इंले सामाजिक सन्जालमा देखेका समुद्र किनारमा खिचिएका सेल्फी मात्रको देश हो र विदेश ?
एक अध्ययनले देखाएको छ, सयौं युवाहरु विदेशका ताता गल्लिहरुमा रोजगारी, भोक तथा पारिवारिक दबाबले विक्षिप्त भएर डिप्रेसनको सिकार बन्नुपरेको छ । उच्च शिक्षाको नाममा विदेशमा धकेलेर रात दिन काम गर्न लगाउन किन हाम्रो समाजका अभिभावक लागिपर्नु भएको छ ? साँच्चै, उच्च शिक्षाको लागि नै पठाउने निधो गर्नुभएको हो भने, पूरा समय पढ । खर्चको व्यवस्था नेपालबाट हुनेछ अनि उत्कृष्ट डिग्री लिएर आउ तिम्रो पूरा समय केवल पढाइको लागि मात्र होस भनेर चाहिं तपाईं हामी अभिभावकले किन भन्न नसके को ?
कलेजमा अध्ययनको समय केवल कानुनी रुपमा आवश्यक क्रेडिट समयदेखि हाम्रो एक दिन पनि बढि पाइएको चाहिं खासै सुनिदैन पनि । त्यहाँ, पढ्नको लागि होइन विद्यार्थी भिसाको कारण कलेज जाने गरिन्छ । यसको मुख्य कारण के तपाईं हामी अभिभावक हो कि होइन ? आत्मनिर्भरको नाममा घरबाट चोक एक्लै निस्कन सक्दैन भन्ने छोरारछोरी थाहा हुँदाहुँदै पछि विदेशमा कति बिजोग सहनुपर्ने र खप्नुपर्ने हुनसक्छ भन्ने हेक्का चाहिं हामी अभिभावकले किन नराखेको ? फेरि विदेश नै जानु हुँदैन भन्ने पक्षमा पनि मेरो विचार होइन । विदेश नै पठाउने भए, केहि सीप सिकाएर पठाए भोलि आत्मनिर्भर बन्न सहयोग मिल्छ कि भन्ने सोचको विकास हामीमा किन जागृत हुन नसकेको ? त्यसैगरी, धेरै विद्यार्थीहरु विदेशमा अनुकुल हुन नसकेर गारो महसुस भएको दुखेसो पोख्दा त्यत्रो लगानी छ, अहिले किन फर्कने भनेर बस्न बाध्य बनाइन्छ । जसबाट अप्रिय घटनाहरुका खबर सुन्ने गरिन्छ । त्यस्तो खबरदारी उठान गर्न खोजिएको मात्र हो ।
नेपालीहरु जाने धेरै देशहरू मध्ये अस्टे«लिया पनि हो, हाल अस्ट्रेलियाले पनि डिप्लोमा कोर्ष मा जाने युवाहरुको भिषा रिजेक्ट गरेको सुन्छु, स्वागतयोग्य निर्णय लाग्छ । एसईई वा १ं२ कक्षा सकेपछि भन्दा स्नातक सकेर स्नाकोत्तर वा पि.एज.डि को कोर्षहरुमा उच्च दक्षता हासिल नै गर्न पठाइयो भने पनि ती युवाहरु परिपक्व र एक लेभलको क्षमता विकास गरिसक्थे । अनि त्यहाँ जीवनयापनमा सजिलो हुने थियो कि ? अनि पछि नेपाल मै आएर नयाँ टेक्नोलोजी, नयाँ सोचबाट समाजमा उध्यमशीलता विकास गरी सम्वृद्ध देशको कल्पनामा कोशेढुंगा सावित हुने थियो कि ?
फलानाका छोराछोरी विदेशमा छन् मेरो चाहिं किन नेपालमा बस्ने भन्ने व्यक्तिगत हठको सोच हिजोआज मौलाउँदै गएको छ । यो संस्कृतिको अन्त्य भई सो देशमा पनि उद्यमशीलता विकास गरि सम्वृद्ध नेपालको परिकल्पना निमार्ण होस् ।
(जय देश, विराटनगर–०३)