विराटनगर । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले सो आदेश दिएको हो ।

निर्वाचन आयोगले भने देशको राष्ट्रिय जनावर र हिन्दू धर्मसँग जोडिएकाले गाई चुनाव चिन्ह दिन अस्वीकार गरेको थियो । त्यसको विरुद्धमा राप्रपा नेपालका अध्यक्ष थापा सर्वोच्चमा पुगेका थिए ।