विराटनगर । पाल्पाको रिब्दीकोट २ लघुवामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुने ३ महिला ३ पुरुष रहेका छन् ।
बाग्लुङको बुर्तिबाङबाट बुटवल आउदै गरेको लु १ ख ५९५२ नंम्बरको बस दुर्घटनामा परेको हो । बसमा करिब २३ जना सवार रहेको बताईएको छ । घाईतेको उपचारको लागि तानसेन ल्याउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । बस सडकबाट ५०० मिटर तल खसेको छ ।
घटनास्थलबाट १७ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

