सशस्त्र प्रहरीद्धारा अवैध सामान बरामद

विराटनगर । विराटनगर १६ हुलास चौकबाट भारतबाट अवैध रुपमा ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । १ लाख ४५ हजार मुल्य बरावरको भारतबाट अवैध रुपमा ल्याएको सामान सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) विराटनगर रानीले बिहीबार बरामद गरेको हो ।
बिओपी रानीका सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र काजी निरौलाको कमाण्डमा खटिएको टोलीले ६७ थान कुर्ता सुरुवाल १७ थान टप्स, २१ थान जेन्स भेष्ट, मोवाइल एलइडी २५ थान लगायतका सामानहरू बरामद गरेको हो । बरामद गरेको सामानहरू सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय बुझाएको छ ।

बिहिबार, ०५ साउन, २०७९, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर