जनसंख्या बृद्धि गर्नुपर्ने प्याब्सनको माग

इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी प्रदेश अधिवेशनमा जनसंख्या वृद्धि नीतिको माग उठेको छ ।

बुधबार सुनसरीको इटहरी उपमहानगरपालिकामा भएको चौथो कोशी प्रदेश अधिवेशनको क्रममा प्याब्सनका पुर्वअध्यक्ष टिकाराम पुरीले सरकारले जनसंख्या वृद्धि सम्बन्धी नीति ल्याउनुपर्ने माग गरे ।

युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदरसमेत कम भएको भन्दै पुरीले जनसंख्या वृद्धि नीति ल्याउनु पर्ने आवश्यक देखिएको बताए । ‘बसन्तपन्चमी भर्खरै गयो । त्यो दिन विद्यार्थी भर्ना गर्ने परम्परा छ’ उनले भने, ‘तर, खै मैले हेर्दा देख्दा र तथ्याङ्क हेर्दा कमजोर देख्छु । जन्मदर कम भएको छ । मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई जनसंख्या वृद्धि नीति ल्याउन माग गर्दछु ।’

कार्यक्रममा उपस्थित मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई लक्षित गर्दै पुरीले जनसंख्या बृद्धि गर्नुपर्ने बताएका थिए । नेपालमा कम्तीमा स्थिर ५ करोड जनसंख्या चाहिने दावी गर्दै उनले मुख्यमन्त्रीलाई त्यसमा ध्यानाकर्षण गराएका थिए ।

बुधबार, २३ माघ, २०८१, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर