मोरङमा नेपाल कृषि मजदुर संगठन गठन

विराटनगर । नेकपा एकीकृत समाजवादीको नेपाल कृषि मजदुर संगठन मोरङ जिल्ला कमिटी गठन गरिएको छ । ए धनबहादुर थापा अध्यक्षतामा १३ सदस्यीय मोरङ जिल्ला कमिटी गठन गरिएको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा अनिल श्रेष्ठ, सचिवमा पवित्रा राई, उपसचिवमा खेमराज ढकाल र कोषाध्यक्ष सम्झना बडूवाल रहेका छन् । सदस्यहरूमा नर बहादुर खड्का, गोपाल तामाङ, वासु अधिकारी, चूडामणि बास्तोला, शशी दाहाल र कमल आचार्य रहेका छन् । प्रमुख सल्लाहकार मनोज गौतम,सल्लाहकारमा बाबुराम कार्की चयन भएका छन् ।

नेकपा ९एकीकृत समाजवादी०का पोलिटब्यूरो सदस्य हर्क मान तामाङ, एकीकृत ट्रेड युनियन राष्ट्रिय कमिटी सदस्य निलम ढुङेल, प्रदेश कमिटी एक नम्बरको सदस्य अम्बिका राई, स्वतन्त्र सडक व्यापार संघको उपमहासचिव प्रदीप तामाङ, अखिल नेपाल किसान महासङ्घका मोरङ जिल्ला उपाध्यक्ष क चन्द्र भट्टराई, अनेमसंघ मोरङ अध्यक्ष खिनामाया थापा, लगायतको उपस्थितिमा कमिटी गठन गरिएको हो ।

सोमबार, ०२ साउन, २०७९, साँझको ०६:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page