विराटनगर । रोटरी क्लव विराटनगर मिड टाउनले विराटनगरको एउटा सामुदायिक विद्यालयमा वृक्षारोपण गरेको छ । मिड टाउनले शनिबार विराटनगर ७ स्थित सत्यनारायण आधरभूत विद्यालयको प्राङगणमा वृक्षारोपण गरेको हो ।
रोटरी क्लबले विभिन्न प्रजातिका ५० थान विरुवा वृक्षारोपण गरेको रोटरी क्बल अफ विराटनगर मिड टाउनका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । क्लबले सत्यनारयण स्कुलका विद्यार्थीहरूलाई विभिन्न खेलकुदका सामाग्रीहरू पनि वितरण गरेको अध्यक्ष श्रेष्ठले बताए । खेलकुदका सामाग्रीहरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता सोनिलाई अध्यक्ष श्रेष्ठले हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लवका पुर्व अध्यक्षहरु मुकेस उपाध्याय,सुिसिल प्रसाद रिजाल, राम अवतार अग्रवाल, जयकमल अग्ग्रवाल ,विद्यालयका पदाधिकारि तथा शिक्षक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

