विराटनगर । नाडा अटोमोवाईल्स एसोसिएशन अफ नेपाल काठमाण्डौ तथा मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन विराटनगरले ट्राफिक प्रहरीलाई रेनकोट वितरण गरेको छ । एसोसिएशनले विराटनगरमा एक कार्यक्रम आयोजना गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई रेनकोट वितरण गरेको हो ।
ट्राफिक व्यवस्थापनमा अग्रपंतीमा खटिने ट्राफिक प्रहरीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर अटोमोवाइल्स डिलर्स एशोसिएशन विराटनगरले ट्राफिक प्रहरीलाई रेनकोट वितरण गरेको एशोसिएशनका सदस्य राहुल भट्टराईले जानकारी दिए । एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुभाष आचार्य, अटोमोवाइल्स डिलर्स विराटनगरको अध्यक्ष सन्जय कुमार श्रेष्ठ, पूर्वअध्यक्ष तोया खनाल तथा सदस्यहरूले ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीलाई रेनकोट हस्तान्तरण गरेका थिए ।

