प्रदेश १ को मध्यकालीनखर्च संरचना सार्वजनिक

विराटनगर ।  आर्थिक वर्ष २०८१/०८२ मा कूल ग्राहस्थ उत्पादकको मूल्य १० खर्ब २६ अर्ब २३ करोड पुर्‍याउने लक्ष्य लिएको छ । वार्षिक आर्थिक वृद्धिदर ८।६२ पुर्‍याउने जनाइएको छ । हाल वार्षिक वृद्धिदर ५।४१ प्रतिशत रहेको अनुमानित विवरण रहेको छ ।

यस्तै कृषि क्षेत्रको वृद्धिदर ४.६० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । हाल कृषि क्षेत्रको अनुमानित उपलब्धि २.८६६ प्रतिशत रहेको छ । लक्ष्य अनुसार कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान हाल २१३.८० अर्ब रहेको अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷०८२मा भने त्यसलाई बढाएर २६०.६० अर्ब पुर्‍याउने लक्ष्य राखिएको छ ।
यस्तै कृषि क्षेत्रको वृद्धिदर ४.६० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । हाल कृषि क्षेत्रको अनुमानित उपलब्धि २.८६ प्रतिशत रहेको छ । लक्ष्य अनुसार कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान हाल २१३.८० अर्ब रहेको अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/०८२मा भने त्यसलाई बढाएर २६०.६० अर्ब पुर्‍याउने लक्ष्य राखिएको छ ।

यस्तै उद्योगको ९.५० प्रतिशत पुर्‍याउने, गैर कृषि क्षेत्रको ९.६७ प्रतिशत, सेवा क्षेत्रको ११.४३ प्रतिशत र प्रतिव्यक्ति कूल राष्ट्रिय आय १ हजार ३ सय ८० अमेरिकी डलर पु¥याउने लक्ष्य रहेको छ । हाल प्रदेश १ को प्रतिव्यक्ति कूल राष्ट्रिय आय १ हजार २ सय ६७ रहेको अनुमान छ ।

सोही मध्यकालिक खर्च संरचनाले ढाकेको क्षेत्रफल प्रदेश १ मा २०८/१०८२ सम्ममा ५० प्रतिशत पुर्‍याउने लक्ष्य पनि लिइएको छ । चालू आर्थिक वर्ष ९२०७८/०७९० मानवको क्षेत्रफल ४८.९६ प्रतिशत रहेको अनुमान गरिएको छ ।

यस्तै प्रदेश १ का जनताको अपेक्षित आयु हाल ७१.६० रहने अनुमान भइरहेको बेला आगामी आर्थिक वर्ष २०८१/०८२ सम्ममा ७२.१०पुर्‍याउने लक्ष्य लिइएको छ । यस्तै ५ वर्ष मुनिका बाल मृत्युदरलाई पनि अनुमानित २७ प्रतिशतबाट घटाएर २१ प्रतिशतमा झार्ने, आधा घण्टाको दूरीमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने परिवार ८५ प्रतिशत पुर्‍याउने लक्ष्य पनि लिइएको छ । हाल आधा घण्टाको दूरीमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने परिवारको सङ्ख्या ७० प्रतिशत मात्रै छ ।
यस्तै बहु आयामिक गरिबीमा रहेको जनसङ्ख्या पनि घटाउने लक्ष्य मध्यकालिक संरचनाले लिएको छ । हाल प्रदेश १ मा बहु आयामिक गरिबी १५.९० प्रतिशत रहेको अनुमान गरिएको छ । उक्त संख्यामा घटाउँदै आर्थिक वर्ष २०८१/०८२ मा १४.५० मा झार्ने लक्ष्य लिइएको छ ।

यस्तै विद्युत् पहुँच प्राप्त परिवार हाल ९८ प्रतिशत रहेको र अबको ३ वर्षमा ९९ प्रतिशत पुर्‍याउने, आधारभूत खाने पानी पुगेको जन संख्या हाल ९८।२० रहेकोमा ३ वर्षपछि ९९.१० प्रतिशतमा पुर्‍याउने लक्ष्य राखिएको छ भने सुरक्षित खाने   पानी पुगेको जनसंख्या हाल २१ प्रतिशत रहेको छ भने ३ वर्षपछि २६ प्रतिशतमा पुर्‍याउने, ९७प्रतिशत जनसङ्ख्यालाई यातायातको पहुँच आधार घण्टाको दुरीमा पुर्‍याउने, हाल ७.३० प्रतिशत रहेको बेरोजगारी दरलाई ५ प्रतिशतमा झार्ने, श्रम सहभागिता दर ६२ प्रतिशत पुर्‍याउने, श्रमको उत्पादकत्व वार्षिक ३ लाख रुपैयाँ पुर्‍याउने, औपचारिक क्षेत्रको रोजगारीमा हिस्सा ५५ प्रतिशत पुर्‍याउने पनिलक्ष्य लिइएको छ । हाल औपचारिक रोजगारीको क्षेत्रमा ४३.७० प्रतिशत रहेका छन् ।

यस्तै प्रदेशको हालको ९३ प्रतिशत साक्षरता दरलाई बढाउँदै ९९ प्रतिशत पुर्‍याउने, काम गर्ने उमेरका प्राविधिक तथा व्यावसायिक तालिम प्राप्त जनसङ्ख्या ५३ प्रतिशत पुर्‍याउने, उच्च शिक्षामा भर्ना दर २२ प्रतिशत पुर्‍याउने पनि लक्ष्य राखिएको छ ।

ययस्तै कृषि भूमिको उत्पादकत्व (प्रमुख बाली)माप्रति हेक्टर ४.१० मेट्रिक टन रहेकोमा यसलाई ५ मेट्रिक टन पुर्‍याउने लक्ष्य राखिएको छ । सोही मध्यकालिक संरचनाअनुसार प्रदेश १ को बजेटको आकार आर्थिक वर्ष २०८१/८२ मा ४३ अर्ब ८१ करोड १४ लाख७६ हजार पुग्ने अनुमान पनि गरेको छ । चालू आर्थिक वर्ष कालागि २९ अर्ब ५५ करोड ७५ लाख ५५ हजार संशोधन बजेटको अनुमान गरिएको छ भने आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रस्तुत गरेको ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको अनुमानित आयव्यय प्रदेशसभाले पारित गरिसकेको छ ।

मध्यकालिक संरचनामा हाल विनियोजन गरिएको बजेटमा सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तर आबद्धताको क्षेत्रमा ४६.५२ प्रतिशत छुट्टाइएको छ । उक्त बजेटलाई घटाएर जीवनस्तर उकास्ने, स्वास्थ्य, नवीकरणीय ऊर्जा, जैविक कृषि, स्वस्थ र सन्तुलित पर्यावरण, उच्च र दिगो उत्पादन तथा उत्पादकत्वको लागिहालेको बजेटमा थप गर्नुपर्ने पनि उल्लेख गरेको छ ।

प्रदेश योजना आयोगले सार्वजनिक गरेको उक्त मध्यकालिक खर्च संरचनाले दीर्घकालीन राष्ट्रिय सोच समृद्ध नेपाल, सुखी नेपाली, प्रादेशिक दीर्घकालीन सोच स्वच्छ, सुखी र समुन्नत प्रदेश र प्रादेशिक दीर्घकालीन लक्ष्य सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण हुने अवधारणा तय गरेको छ ।

यस्तै स्वच्छ, सुखी र समुन्नत प्रदेश को प्रादेशिक दीर्घकालीन सोचका १२ आधार स्तम्भ पनि निर्माण गरिएको छ । स्वच्छ तर्फ स्वास्थ्य र सन्तुलित पर्यावरण, आधारभूत सरसफाइ सुविधा, नवीकरणीय ऊर्जा र जैविक कृषिलाई राखिएको छ । यस्तै सुखीतर्फ परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, सुशासन र जीवनस्तर रहेको छ । यस्तै समुन्नतमा उच्च र समता मूलक आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तर आबद्धता, उच्च र दिगो उत्पादन र उत्पादकत्व आधार स्तम्भ रहेका छन् । राष्ट्रिय लक्ष्यसँग सामञ्जस्यता कायम गरी आधार स्तम्भका ६६ वटा प्रादेशिक लक्ष्य, गन्तव्य र सूचक पनि मध्यकालिक खर्च संरचनामा निर्धारण गरिएको छ ।

बिहिबार, ३० असार, २०७९, साँझको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर