विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका विराटनगरका दुई वटा कलेजहरूले शिक्षा सेवा सम्मान २०७९ बाट सम्मानित भएको छ । विराटनगरस्थित अरनीको कलेज र शिक्षादीप कलेज शिक्षा सेवा सम्मान २०७९बाट सम्मानित भएको हो ।
उनीहरुलाई फोकस नेपाल संस्थाद्वारा बुधबार काठमाडौँमा आयोजित एक भव्य कार्यक्रम गरी सम्मान गरेको थियो । गुणस्तरीय शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादनमा ठूलो योगदान पु¥याएको भन्दै फोकस नेपालले अरनीको कलेज र शिक्षादीप कलेजलाई शिक्षा सेवा सम्मान प्रदान गरेको बताएको छ ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले अरनीको कलेजका प्रिन्सिपल राजेश कार्की र शिक्षादीप कलेजका संचालक शंकर भट्टराई कदर पत्र दोसल्ला ओढाएर सम्मान गरेका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री माननिय उमेश श्रेष्ठ, हिसानका अध्यक्ष रमेश कुमार शिलवाल लगायत विशिष्ट अतिथिहरुको उपस्थिति थियो ।

