विराटनगर । संघीय संसद, प्रतिनिधिसभामा उपसभामुख पदको निर्वाचन शुक्रबार हुने भएको छ ।

पसभामुख निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिकको तयारी थालेका छन । बिहीबार मनोनयन दर्ता हुने र शुक्रबार दिउँसो मतदान हुने सभामुख सचिवालय स्रोतले जानकारी दिएको छ।

डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए।

संविधानअनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्। केपी शर्मा ओली प्रधानमन्त्री रहुञ्जेल उनले डेढ वर्षसम्म उपसभामुख चयनतर्फ चासो दिएनन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म उपसभामुख पद खाली छ।

एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादीबाहेकका दलबाट चुनिने छन्। सत्तारुढ दलमध्ये राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने बताइसकेको छ। नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दलबाट उपसभामुख चुनिन पाउने छैनन्।

जसपा, लोसपा, कांग्रेस र एमालेमध्येबाट उपसभामुख चुनिने बताइएको छ । उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने भएकाले देउवा सरकारले परिषदमा बहुमत पुर्याउन सत्ता गठबन्धनभित्रैबाट उपसभामुख छान्ने कसर गररिहेका छन ।