विराटनगर । विराटनगरमा जारी एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा चार वटा विद्यालय विजयी भइ क्वाटरफाइनलमा पुगेका छन् । सभ्य कला समाजको आयोजनामा विराटनगर ३ डनबक्सको स्कुलको खेलमैदानमा मंगलबार भएको खेलमा सनसाइन, महेन्द्र गोदावरी र जेभियर्स स्कूल विजयी भइ क्वाटरफाइनलमा पुगेका हुन् ।
प्रतियोगिताको पहिलो खेलमा सनसाइन स्कूलले ए–वान क्वालिटीलाई १–० गोलले पराजित गरि सनसाइन क्वाटरफाइनलमा पुगेको छ । यस्तै दोस्रो खेलमा महेन्द्र मेमोरियल स्कूलले राधाकृष्ण स्कूललाई १–० गोलले हराउँदै महेन्द्र अन्तिम आठमा पुगेको हो । तेस्रो खेलमा डन बस्को स्कूललाई गोदावरी स्कुलले ४–३ गोलको फराकिलो अन्तरले पराजित ग¥यो । चौथो खेलमा जेभिर्यस स्कुलले बिकेभिएम स्कुललाई ५–१ गोलले हरायो ।
आजको पहिलो खेल मोर्डन एरा र आर्दश स्कुलबीच हुनेछ । यस्तै दोस्रो विराट बहिरा मावि, सत्यनारयण, तेस्रो लर्डबुद्ध स्कुल, कर्मबीर मावि र चौथो खेल स्मृति र सहिद स्मृति स्कुलबीच हुने संयोजक बिक्की कार्कीले जानकारी दिए ।

