विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहलाई नेपाल सरकारले १ लाख राशिको पुरस्कार प्रदान गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने १ लाख रुपैयाँ राशिको ‘गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार’ झोराहाट नाट्य समूहलाई प्रदान गरेको हो । सो पुरस्कार नाट्य समूहका अध्यक्ष भरत गुरागाईं बर्बरिक र सचिव छत्र काफ्लेले ग्रहण गरे । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नगद र ताम्रापत्र प्रदान गरे ।

यो पुरस्कार झोराहाट नाट्य समूहको मात्रै नभएर समग्र नाट्य क्षेत्रको भएको अध्यक्ष बर्बरिकले प्रतिक्रिया दिए ।‘यो पुरस्कारले हामी कलाकारहरु निकै उत्साहित भएका छौं,’ बर्बरिक भने, ‘सरकारले यो पुरस्कार दिएर समग्र नाट्य क्षेत्र र कलाकारलाई सम्मान गरेको मैले ठानेको छु ।