भाषा, लिपि र संस्कृति संरक्षणमा जोड

विराटनगर । भाषा, धर्म र संस्कृति सभ्यतासँग जोडिएकाले आफ्नो भाषा र लिपी संरक्षणको लागि सबै लागि गरिनुपर्ने एक कार्यक्रममा सरोकारवाहरूले बताएका छन् । भातृ भाषा, संस्कृतिहरू लोप हुदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले यसको संरक्षणको लागि घरबाट अभियानको सुरू गरिनुपर्ने उनीहरूले बताएका हुन् ।

प्रदेश नं. १ को पर्यटन तथा संस्कृति मन्त्रालयले विराटनगरमा आइतबार साझ आयोजना गरिएको नेवार जातिको भाषा लिपि संरक्षण सम्बन्धी गोष्ठीमा बोल्दै उनीहरूले भाषा संरक्षणको लागि पठन संस्कृतिमा विकास गरेर लैजानुपर्नेमा जोड दिए । गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल भाषा विभागका प्रमुख डा. राजन लाल जोशीले नेपालीहरुमा पश्चिमी संस्कृति भित्र्एको प्रति चिन्ता व्यक्त गर्दै उनले भातृभाषाको जर्गेना गर्न पठन संस्कृतिको विकास गरिनुपर्ने बताए ।

‘भाषा हराउनु भनेको हाम्रो संस्कृति र पहिचानसँगै सभ्यता हराउनु हो,’ उनले भने, ‘तेही भएर भाषा संस्कृति र लिपिको संरक्षण गरिन भाषा प्रशिक्षण जरुरी रहेको छ ।’ भाषाले सुसंस्कृति बनाउने भएकाले यसको रक्षा गरेर लैजानुपर्ने उनले बताए । विद्यालयस्तरमा मातृभाषा लागू गरि संरक्षण गरेर लैजाउनुपर्ने उनले सुझाब दिए । ‘मातृभाषाको पठन पाठन काठमाण्डौंका विद्यालयहरूमा भएका छन्,’ उनले भने, ‘यस्तो पठन संस्कृतिको विकास देशभरीको विद्यालयहरूमा हुन जरुरी भइसकेको छ । अनि मात्र हाम्रो मातृभाषाको संरक्षण हुनेछ ।’

कार्यक्रममा बोल्दै प्रदेश १ का पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवा लिम्बुले भाषा, लिपि र संस्कृति संरक्षणको लागि प्रदेश सरकार लागि परेको बताइन् । नेवारी भाषालाई प्रदेशमा बोलीचालीको भाषाको रुपमा लैजानुपर्नेमा जोड दिदै उनले मातृभाषा र लिपीलाई प्रयोगमा लैजानुपर्ने बताइन् । भाषा र लिपीलाई पठन संस्कृतिको रूपमा विकास गरेर लैजान प्रदेश सरकारले नीति पनि बनाएर अगाडी बढने उनले बताइन् ।
कार्यक्रममा नेवा मिसाकी केन्द्रीय अध्यक्ष रश्मिला प्रजापतिले मातृभाषा र लीपिको संरक्षण संस्थागत रूपमा गरेर लैजानुपर्नेमा जोड दिइन् । प्रदेश १ मा १ लाख ८४ हजार नेवार जातिको बसोवास रहेको उल्लेख गर्दै उनले मातृभाषाको संरक्षण र जगेर्नामा राज्यले पनि लगानी गरिनुपर्ने बताइन् । झी पुच विराटनगरका संरक्षक राजन श्रेष्ठले मातृभाषा सम्पती भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
नेवा देबदुव मोरङका अध्यक्ष सुरेश श्रेष्ठले नेवार सामुदायको विशेष पर्व गाइजात्रामा प्रदेश सरकारले सार्वजानिक विदा दिन माग गरे । ‘काठमाण्डौंमा गाइजात्रामा विदा दिने गरेको छ । प्रदेश १ मा नेवार सामुदाय आठौं नम्बरमा आउँछद । नेवारको विशेष पर्व गाइजात्रा निस्किने भएकाले यस दिन यहाँ पनि प्रदेश सरकारले विदा दिनुपर्दछ । यसमा म जोडदार माग गर्दछु,’ उनले भने ।
यो गोष्ठीको समन्वय झी पुच विराटनगरले गरेको थियो । झी पुच विराटनगरका अध्यक्ष हरि बहादुर श्रेष्ठले नेवारी भाषा, संस्कृतिको संरक्षणमा झी पुच लागि परेको बताए । उनले चाँडै नेवारी भाषा सम्बन्धी तालिम पनि झी पुचले गर्ने तयारी गरेको जानकारी गराए ।

सोमबार, २७ असार, २०७९, दिउँसोको ०२:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर