विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका–६ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–३ का २५ वर्षीय दीपक न्यौपाने रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। न्यौपाने वरुण हाइड्रोपावरको प्लान अपरेटर हुन्।
प्रहरी निरीक्षक बस्नेतका अनुसार न्यौपानेलाई शनिबार दिउँसो साढे ४ बजे ३३ केभी प्रसारण लाइनको पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका न्यौपानेको गतराति उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए।

