विराटनगर । विराटनगर महानगरपालिका ६ स्थित एक जना व्यापारीको गोदाममा प्रहरीले छापा हानेर ठूलोे परिमाणमा भन्सार छली गरि ल्याएको सामान बरामद गरेको छ ।
मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार विनोद केशरीको गोदाममा छापा हानेको हो । प्रहरीले छापा हानेर केशरीको गोदमबाट चिनी ४७ बोरा, हरियो मटर ३२ बोरा, छोकडा १० बोरा र १० बोरा पानी पुरी बनाउने सामाग्री बरामद गरेको छ । बरामद गरिएको सामान करिब ३ लाख मुल्य भन्दा बढीको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले छापा हानेर केशरीको गोदाबाट अवैध सामान बरामद गरेपछि उनी फरार भएका छन् । स्रोतको अनुसार व्यापारी केशरीले क्यारिङमार्फत भारतीय बजारबाट अवैध रूपमा खाद्या सामाग्री ल्याउने र पूर्वी बजारमा पढाउने गरेका थिए । व्यापारीले केशरीले क्यारिङ गर्नेलाई निश्चित रकम दिएपछि उनले भनेको ठाउँमा तस्करी गरि खाद्य सामाग्री पु¥याउने गरेका थिए । त्यसपछि केशरीले पूर्वी बजारमा पढाउने गरेको स्रोतको भनाई छ ।