विराटनगर । झापाको दमकमा लाग्दै आएको रमाइलो मेलामा जुवाको खुल्ला खेल हुने गरेको छ ।मिनि महोत्सव नाम दिइएको उक्त मेलामा जुवाजन्य खेलहरु भएपनि प्रहरी भने रमिते मात्रै छ ।

पूर्वाञ्चल बहिरा संघ सहयोगार्थ दमकमा लगाइएको उक्त मेलामा ठूलो हारमार हुने गरेको मेलाभर्न आएका केहि स्तथानिय वासिन्दाले बताएका छन । । दिनभरजसो सुनसान झै रहने मेलामा साँझ परेपछि भने निकै घुँइचो लाग्ने गर्छ । मेलामा जुवाका पारखीहरुको बाक्लो भिड उलर्ने हुँदा दैनिकजसो ठुलो रकमको हारजित हुने गरेको छ । इलाका प्रहरी कार्यालय दमक मेला स्थल नजिकै पर्छ । प्रहरीको उपस्थिती मेला स्थलमा समेत बाक्लै देखिन्छ । यद्यपी खुलेआम जुवा खेलाइने गरिएको छ ।

मेला केही व्यक्तिका लागि दैनिकजसो कमाई खाने भाँडो समेत बन्न पुगको छ । स्वयं मेला संचालनमा खटिएका व्यक्तिहरु नै आफुहरुले सवैलाई मिलाएको र केहीले दैनिकी बुझ्ने गरेको बताउँछन् । मेला संचालकहरु कमाई नहुँदा आफुहरु डुब्न लागेको बताउँदै आफुहरुले जुवा खेलाउन नपाए ठुलो घाटाको सामना गर्नु पर्ने बताउने गरेका छन ।