विराटनगर । नेकपा एमाले बाट सांसद बनेकि हिमा बस्नेत भट्टराईले मंगलवार बिहान ११ बजे सपथ ग्रहण गर्ने भएकि छिन ।
११ बजेका लागि शपथग्रहण कार्यक्रम तय गरिएको सचिवालयका सचिव गोपाल पराजुलीले बताए ।

अल्पसंख्यक कोटाबाट सांसद (प्रदेशसभा सदस्य) भएकी एमालेकी गुलेफुन खातुनले राजीनामा दिएपछि खसआर्य कोटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ की सांसद बनेकी छिन् । सरकारी कागजात कीर्ते गरेको अभियोगमा दोषी ठहरिएपछि खातुनले पदबाट राजीनामा दिएकी थिइन् । खातुनले राजीनामा दिएपछि सो पद खाली भएको थियो ।

भट्टराईलाई निर्वाचन आयोगले सोमवार पत्र दिएको एमालेका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले बताए । एमालेले आयोगलाई बन्द सूचीबाट बस्नेतलाई सांसद नियुक्ति गर्न यसअघि नै पत्र पठाएको थियो ।

सोही पत्रका आधारमा भट्टराईलाई सांसद पदमा चयन गरिएको हो । अल्पसंख्यक कोटा भएपनि बन्द सूचीमा अल्पसंख्यक कोही नभएकाले खसआर्य कोटाबाट ल्याउनु परेको सचेतक राजभण्डारीले बताए । भट्टराई अधिवक्ता हुन् ।