विद्युतीय रिक्सा चालकहरु संगठित

विराटनगर । मोरङको बुढिगंगा गाँउपालिकामा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियनमा आवद्ध अखिल नेपाल विद्युतीय रिक्सा तथा अटो टेम्पु श्रमिक संघ गठन गरीएको छ ।

विद्युतीय रिक्सा तथा अटो टेम्पु श्रमिकहरुको भेलाले श्यामकुमार चौधरीको अध्यक्षतामा १२१ सदस्यीय कमिटी गठन गरिएको संघले जनाएको छ ।

कमिटीको उपाध्यक्षमा राजुकमार शाह, सचिवमा कमलप्रसाद गौतम, कोषाध्यक्षमा राकेश राजवंशी रहेका छन् । युनियनले भगवान बस्नेतलाई सो कमिटीको इन्चार्ज तोकेको छ ।

भेलाले सहजरुपमा लाइसेनको व्यवस्था गरिदिन गाँउपालिकासँग माग गर्ने निर्णय समेत गरेको छ । मुख्य राजमार्गमा पार्किङको व्यवस्था मिलाउन तथा सीमामा जथाभावी रुपमा विद्युतीय रिक्सासँग मनोमानी रुपमा पैशा उठाउने गरेको भन्दै सो काम बन्द नगरे आन्दोलन गर्ने निर्णय समेत भेलाले गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले दिएको निर्देशन उल्लघन गर्दै केहि व्यक्तिहरुले पैसा उठायउने गरेकोले पनि समस्या भइरहेको र मजदुरहरु समस्यामा परेको संघका मोरङ इन्चार्ज राकेश धमलाले बताए ।

सोमबार, २० असार, २०७९, बिहानको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर