लागुऔषधको न्यूनीकरणका लागि पहल गरौँ

 पुण्य पी अधिकारी

असार १२ गतेले अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस मनाएका छौँ । हरेक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ । ‘स्वास्थ्य र मानवीय संकटका समयमा लागुपदार्थको चुनौतीतर्फ सम्बोधन’ भन्ने नाराका साथ हामीले यो दिवश मनाएका छौँ । गृह मन्त्रालयको तथ्याङ्कलाई मान्दा नेपालमा ८० प्रतिशत दुव्र्यसनको मुख्य कारण गाँजा हो । हालका दिनमा नेपालमा १ लाख ४० हजार भन्दा बढी लागुऔषधका दुव्र्यसनी रहेको गृह मन्त्रालयको तथ्यांक छ ।

भर्खरै मात्र दक्षिणी एसियाली मुलुक थाइल्याण्डले गाँजालाई लागुऔषधको सूचीबाट हटाएको छ । नत्र भए थाइल्याण्ड गाँजाका सम्बन्धमा विश्वमा नै कडा कानुन भएको देश हो । पारस शाह गाँजा दुव्र्यसनी आरोपमा थाइल्याण्डमा गिरफ्तारीमा परेका थिए । शाही परिवार भएका कारण उनलाई थाइ कानुनी के कति कारणले सहज भयो त्यो अलग सन्दर्भमा चर्चा गरौँला ।

पछिल्लो समय नेपालमा लागुऔषधको दुव्र्यवसनीबाट युवा र त्यसपछि बालबालिका र युवा अवस्थाबिचको संसारमा रहेका व्यक्ति छन् । लागुऔषधका कारण हालैका दिनमा झण्डै २ लाख युवा लागुऔषधमा फसेको गृह मन्त्रालयको तथ्यांले देखाउँछ भने यही आधारलाई विश्लेषण गरेर मिहिन ढङ्गले लागुऔषध प्रयोगकर्ताको लगत लिने हो भने नेपाल लागुऔषधको मुख्य केन्द्र रहेको प्रष्ट हुन्छ ।

प्रदेश १ सरकारले गाँजालाई ब्राण्डिङ्ग गर्ने योजना सार्वजनिक गरेको छ । भलै त्यो कार्यान्वयन होला नहोला । पछिल्लो समय लागु औषधको मुख्य अण्डा प्रदेश १ का झापा, मोरङ, सुनसरी र उदयपुर देखिन्छ । खुला सीमानाका भएका कारण लागुऔषधको सहज कारोवार नेपालमा हुन्छ । जसका कारण हालका दिनमा सबैभन्दा बढी बालबालिका र युवा पुस्ता यो कुलतमा फसेको छ ।

लागुऔषध नियन्त्रणका लागि राज्यले राम्रा कानुन बनाएको छ । तर ती कार्यान्वयन उपयुक्त ढङ्गमा हुन सकेका छैनन् । अझै पनि प्रहरीलाई कोही कसैले पूर्व सूचना दिए मात्र प्रहरीले लागुऔषध प्रयोगकर्ता वा त्यसको ओसारपसारमा संलग्नहरूलाई कानुनी दायरमा ल्याउने गरेको छ । नत्र भएपनि प्रहरीसँग त्यस किसिमको संयन्त्र निर्माण हुन सकेको छैन । लागुऔषधका कारण पछिल्लो समय यौनजन्य घटनामा वृद्धि भएको देखिन्छ ।
मोरङको सुन्दरहरंैचामा गएको चैत महिनामा १८ महिने बालिकाको अपहरण पश्चात बलात्कारपछि गरिएको हत्यामा सबैभन्दा ठूलो कारण गाँजा रहेको प्रहरीको भनाइ छ । पछिल्ला दिनमा लागुऔषध सेवन गरेका कारण अपराधका घटनामा वृद्धि हुँदै गएको छ । मोरङको लेटाङमा महिला प्रहरी जवानको ज्यान जाने गरी भएको हत्या घटनामा लागुऔषध प्रयोगकर्ता युवाहरूको संलग्नता थियो भन्ने स्थानीयको भनाइ छ । यस कुरालाई प्रहरीले पुष्टि त गरेको छैन तर स्थानीयको भनाइमा धेरै सत्यता छ ।

प्रदेश १ सरकारले लागुऔषधका प्रयोगकर्ताको सुरूआत विद्यालयबाट हुने निश्कर्षसहित सगरमाथा टिन्स क्लब सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । त्यसको प्रभावकारिता कति भयो भन्ने प्रतिवेदन वा तथ्यांक सार्वजनिक गरेको छ जस्तो मलाई लागेको छैन । लागुऔषध नियन्त्रणका लागि राज्यले वर्षेनी करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ । तर नजिता सकारात्मक भन्दा नकारात्मक छ । विद्यालयमा प्रहरीले ठाडोहस्त क्षेत्र गर्न मिल्दैन । जसका कारण पछिल्लो समयमा सबैभन्दा बढी विद्यालय उमेरका बालबालिका लागुऔषधको दुव्र्यसनमा फसेको पाइन्छ ।

लागुऔषधले सामाजिक संरचनासहित भोलिका कर्णधार र स्वयम् व्यक्तिको जीवनमा उजाडको अवस्था निम्त्याउने भएकाले यसको नियन्त्रण र न्यूनीकरणका लागि सबैको साझा प्रतिवद्धता आवश्यक छ । अझ मुख्य कुरा लागुऔषधको प्रयोग नियन्त्रण र न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका विशेष महत्वपूर्ण छ । लागुऔषध नियन्त्रणका लागि विनियोजन गरिएको रकमको सही सदुपयोग हुन नसकेमा त्यसले भोलि गम्भीर संकट निम्त्याउने निश्चित प्राय ः छ । त्यसैले लागुऔषधले भोलि ल्याउने दुर्घटनाबाट बच्न आजै सचेत बन्न अन्त्यन्त जरूरी छ ।

बिहिबार, १६ असार, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर